बिहीबार, वैशाख १३, २०८१
15:48 | २०:३३

बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरु नियुक्त

रासस–एएनआई नोभेम्बर ३०, २०२०

बाइडेन । तस्बिर एपी

वासिङ्टन, १६ मंसिर–– अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै महिला हुने घोषणा गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा निकै खुशी र गर्व लागेको बताएका छन् । उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेका बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिवद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन् ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्ने बताइएको छ । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी छन् ।

उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकामा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू