शनिबार, वैशाख १५, २०८१
22:34 | ०३:१९

सोमालियाको विमानस्थलमा आत्मघाती आक्रमण, छ जनाको हत्या

रासस-एएनआई नोभेम्बर २८, २०२०

मोगादिसु । सोमालियाको राजधानी शहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउने सबै सर्वसाधारण नागरिक छन् । विमानस्थलको सुरक्षापोष्टमा नभएर आक्रमण एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको बताइएको छ ।

आक्रमणमा परी अरु केही नागरिक घाइते भएका छन् । आक्रमण केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ । आत्मघाती आक्रमण कसले र किन गराएको भन्ने बारेमा केही खुलेको छैन । अधिकारीहरुले यस अक्रमणको पछाडिको कारणबारे खोजी गरिरहेको बताएका छन् ।

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ । त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू