शुक्रबार, चैत १६, २०८०
01:55 | ०७:४०

मस्जिदमा बन्दुकधारीको हमला: ५ को हत्या, १८ जना अपहरित

रासस-एएनआई नोभेम्बर २३, २०२०

नाइजेरिया । नाजेरियामा शुक्रबार एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । हमलामा कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

बन्दुक हमलापछि उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएको हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गरेका थिए ।

मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरेपछि उनीहरुसँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।

यस घटनाको बारेमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू