मंगलबार, वैशाख ११, २०८१
19:01 | २३:४६

अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेशको कार दुर्घटनामा निधन

नेपाली लिङ्क नोभेम्बर २२, २०२०

न्यूयोर्क । अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको कार दुर्घटनामा मृत्यु भएको छ । विगत ३ वर्षदेखि अमेरिकी सेनामा कार्यरत गोरखाको शहीदलखन गाउँपालिका ८ छापथोकका श्रेष्ठको ओक्लाहोमामा मृत्यु भएको हो ।

उनी चढेको २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कार नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को गाडीमा ठोक्किएको थियो । उनले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनामा टाउको र शरीरभित्र गम्भीर चोट लागेका श्रेष्ठलाई सेण्ट मेरिज रिजनल मेडिकलमा लगिएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको जनाइएको छ ।

दुर्घटनापछि पनि श्रेष्ठ झण्डै २५ मिनेटसम्म गाडीभित्रै रहेका थिए । दुर्घटना शनिबार बिहान भएको थियो । 

श्रेष्ठ अमेरिकाको कन्सासको जङसन सिटीमा बस्दै आएका थिए । उनी पाँच वर्षअघि अध्ययनका लागि अमेरिका आएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि नेपाल गएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एक भाइ छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू