बिहीबार, वैशाख १३, २०८१
23:31 | ०४:१६

मेक्सिकोमा १० लाख ३२ हजार बढी संक्रमित

रासस /सिन्ह्वा नोभेम्बर २२, २०२०


मेक्सिको सिटी-७ मङ्सिर- मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू