शुक्रबार, वैशाख १४, २०८१
21:00 | ०१:४५

१० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

रासस नोभेम्बर १८, २०२०

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । 

आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मंसिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मंसिर १८ र केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ ।

यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आ-आफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू