शुक्रबार, वैशाख १४, २०८१
04:58 | ०९:४३

डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी

औपचारिक घोषणा बाँकी

नेपाली लिङ्क नोभेम्बर ७, २०२०

बाइडेन । तस्बिर एपी

लन्डन । अमेरिकाको राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक मत उनले सुरक्षित गरिसकेको बीबीसीले जनाएको छ ।

प्रतिस्पर्धात्मक निर्वाचनको मुख्य ब्याटलग्राउन्ड मानिएको पेन्सिलभेनियामा राज्य बाइडेनले जितेका छन्  यो राज्यको मत आफ्नो पक्षमा पारेपछि बाइडेनलाई राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० मतभन्दा ३ मत धेरै २ सय ७३ मत सुरक्षित भएको हो ।

बाइडेनले पेन्सिलभेनियामा ३३ लाख ४५ हजार ९ सय ६ मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ४ सय ४८ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव ५ प्रतिशतको अग्रता कायम गरेर पेन्सिलभेनियामा जितेका हुन् ।

जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

केही राज्यमा मतगणना अझै जारी रहेकाले औपचारिक घोषणा हुन भने थप केही समय लाग्नेछ । तर अहिलेसम्मको मत परिणामअनुसार बाइडेन विजयी भएका छन्   

इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च छ । जर्जियामा अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन् । ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन् ।

यो पनि पढौं:

अमेरिकामा बाइडेन राष्ट्रपति र कमला उपराष्ट्रपति

हिन्दू एशियन पृष्‍ठभूमिकी कमला अमेरिकाको उपराष्ट्रपति

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू