शुक्रबार, वैशाख १४, २०८१
08:48 | १३:३३

अमेरिकामा बाइडेन राष्ट्रपति र कमला उपराष्ट्रपति

नेपाली लिङ्क नोभेम्बर ७, २०२०

न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनमा आवश्यक इलेक्टोरल कलेज मत सुरक्षित गरिसकेका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने भएका छन् ।

जर्जिया र अलास्काको अन्तिम परिणाम आउन बाँकी रहँदासम्म बाइडेनले नेभाडा र पेन्सिलभेनिया जितेर २९० इलेक्टोरल कलेज मत सुरक्षित गरेका छन् । 

योसँगै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनी हिन्दू एशियन समुदायबाट उक्त पदमा पुग्ने पनि पहिलो हुन् ।  

यो पनि पढौं :

हिन्दू एशियन पृष्‍ठभूमिकी कमला अमेरिकाको उपराष्ट्रपति 

अब आगामी डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा बाइडेनलाई औपचारिक रुपमा निर्वाचित गर्नेछन् । कम्तीमा २७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार नै अमेरिकी राष्ट्रपति हुने प्रावधान छ । प्रतिबद्ध इलेक्टरहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिलाई मतदान गर्नेछन् । 

सन् २०२१ जनवरी ६ मा संसदले इलेक्टोरल मतहरु एकीकृत गरेर अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । त्यसपछि सन् २०२१ को जनवरी २० मा नयाँ अमेरिकी राष्ट्रपतिले सपथ ग्रहण गर्नेछन् ।

यो पनि पढौं:

डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू