बिहीबार, चैत १५, २०८०
10:39 | १६:२४

प्रधानमन्त्री ओलीद्वारा जापानका नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्ना सहकर्मी जापानका लागि नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई दिएका छन् । दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ सुमधुर र सौहाद्रपूर्ण बनाउन मिलेर काम गर्ने प्रतिवद्धता सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले विहिबार सामाजिक सञ्जाल ट्वीटमार्फत बधाई ज्ञापन गरेका हुन् ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेले स्वास्थ्यको कारण देखाई पद त्याग गरेपछि नयाँ प्रधानमन्त्री छान्न बुधबार जापानको संसदमा मतदान भएको थियो । मतदानले सुगाको नेतृत्वलाई औपचारिकरुपमा अनुमोदन गरेको थियो । सुगा यसअघिको प्रधानमन्त्री आवेको मन्त्रीपरिषदमा मुख्यसचिवको रुपमा कार्यरत थिए  ।

निर्वाचित भएपछि सुगाले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ ।

मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु सम्मिलित छन् । नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् ।

जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्छन् ।

यसैबीच, पूर्व प्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उप विदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू