बुधबार, वैशाख ५, २०८१
23:52 | ०४:३७

नेपालमा सुन प्रति तोला ४ सय रुपैयाँले वृद्धि

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाली बजारमा सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४ सय  रुपियाँ कायम गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक ३ सय २० रुपियाँ कायम रहेको महासंघले जनाएको छ ।

आइतबार तोलामा १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू