शनिबार, चैत ८, २०८१
बागलुङ बाढीमा मृत्यु हुनेको संख्या २१, अझै १७ वेपत्ता


रासस
सेप्टेम्बर ९, २०२०
गलकोट, २४ भदौ–भदौ १७ गते राति ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
यस्तै मङ्गलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको थियो ।
आज फेला परेका दुई शवको पहिचान भने हुन सकेको छैन् । शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५