मंगलबार, वैशाख ११, २०८१
10:43 | १५:२८

बाग्लुङ पहिरोमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

रासस सेप्टेम्बर ७, २०२०

बाग्लुङ । बागलुङ ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ भने २१ जना बेपत्ता छन् ।

बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ मध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको भण्डारीको भनाइ छ । बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू