शुक्रबार, वैशाख १४, २०८१
09:58 | १४:४३

रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु

रासस सेप्टेम्बर ५, २०२०

काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र श्वासप्रश्वास समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू