अन्तरराष्ट्रिय मुक्तक मेला आयोजना गर्दै मुक्तक प्रतिष्ठान बेलायत
सेप्टेम्बर ५ दिउँसो १ देखि ३ बजेसम्म


लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले भर्चुअल माध्यमबाटै एक अन्तरराष्ट्रिय मुक्तक कार्यक्रम आयोजना गर्ने भएको छ ।
२ सय ५४ औं मोती जयन्तीको अवसरमा आउंदो सेप्टेम्बर ५ तारिख शनिबार अन्तरराष्ट्रिय मुक्तक मेला गर्न लागिएको हो ।
प्रतिष्ठान बेलायत शाखाका सचिव नृपेश उप्रेतीका अनुसार मुक्तक मेलामा संसारभरबाट सहभागी हुने नेपाली मुक्तक्कारहरुको मुक्तकवाचनका साथै मुक्तकसम्बन्धी चर्चा गरिने योजना छ ।
कार्यक्रममा बेलायत र नेपालका साथै अमेरिका, जापान, बेल्जियम, स्पेन लगायतका देशहरुबाट २ दर्जन बढी स्रष्टाको सहभागिता हुँदैछ ।
मुक्तक मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा विशेष अतिथि वरिष्ठ कवयित्री उषा शेरचन रहनेछन् ।
त्यस्तै, वरिष्ठ साहित्यकार सरुभक्त, नेपाल मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष रामकाजी कोने र महासचिव रमेश पौडेल, प्रतिष्ठान बेलायत शाखाका सल्लाहकार डा रुपक श्रेष्ठ, एनआरएनए आइसीसी भाषा साहित्य विभाग प्रमुख हिक्मत थापा, चर्चित मुक्तक्कारहरु आनन्द श्रेष्ठ, शारदा निशा लगायत विशेष स्रष्टाहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनेछन् ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा हुने कार्यक्रमको सन्चालन शाखाका सचिव नृपेश उप्रेतीले गर्नेछन् ।
कार्यक्रमलाई विश्वभरका दर्शकले हेर्न/सुन्न सक्ने गरी विभिन्न एक दर्जन नेपाली साहित्यिक फेसबुक पेजहरु मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । कार्यक्रम दिउंसो १ देखि ३ बजेसम्म संचालन हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५