शुक्रबार, वैशाख १४, २०८१
07:58 | १२:४३

पहिरोमा पुरिएर आमाछोराको मृत्यु

रासस अगस्ट ७, २०२०

बैतडी ।  बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए 

बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए  । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए 

घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।

मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन्    

घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए । सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू