शनिबार, वैशाख १५, २०८१
21:36 | ०२:२१

पूर्व मन्त्री थापासहित राप्रपाका ३१ नेताद्वारा सामूहिक राजिनामा

नेपाली लिङ्क जुलाइ २५, २०२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३१ जना नेताहरुले  पार्टीभित्रको असन्तुष्टीका कारण संयुक्त रुपमा राजीनामा दिएका छन् । राजीनामा पत्रमा पार्टीका तीनै जना अध्यक्षलाई सम्बोधन   गरिएको छ ।  लामो समयदेखि असन्तुष्ट रहँदै आएका पूर्व मन्त्री सुनीलबहादुर थापासहितका नेताले शनिबार एकसाथ राजीनामा घोषणा गरेका हुन् ।

राजिनामा दिने नेताहरु प्रायः सबै केन्द्रीय तहका छन्  । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापा (धनकुटा), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), पदमबहादुर बस्नेत (धनकुटा), आशाराम चौधरी (कैलाली), किरण गिरी (काठमाडौं), लगायत छन्  ।

पार्टी परित्यागको घोषणा गरेका नेताहरु आन्तरिक छलफलमा रहेकाले तत्काल नयाँ पार्टी जन्माउने कि कुनै विचार मिल्ने पार्टीमा प्रवेश गर्नेबारेमा छलफल भइरहेको प्रवक्ता किरण गिरीले बताए ।

पार्टीलाई सिद्धान्त, पद्धति र विधिअनुसार चलाउन आग्रह गर्दा नेतृत्व तहबाट त्यसको पालना नभएको भन्दै नेताहरुले एकसाथ राजीनामा दिएको प्रवक्ता किरण गिरीले बताएका छन् । राजिनामा दिने नेताहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने आशंका गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू