बुधबार, वैशाख ५, २०८१
20:51 | ०१:३६

उपत्यकाका यी स्थानमा भेटिए संक्रमित

रासस जुलाइ ७, २०२०

काठमाडौं । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा संक्रमण देखिएको थियो । 

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए   

यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उहाँले जानकारी दिए । काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू