बिहीबार, वैशाख १३, २०८१
14:49 | १९:३४

बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेको प्रचार तीव्र

रासस-एपी जुन ११, २०२०

लन्डन । बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तीव्र बनाएको छ ।

अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ ।

हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तीव्र गतिको फाइभ–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।

हुवावेको फाइभ–जी प्रविधिमार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ ।

यसैबीच क्यानाडाका दुई ठूला दूरसंचार प्रदायक कम्पनीले हुवावेका दूरसंचार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू