शुक्रबार, चैत १६, २०८०
07:51 | १३:३६

कोरोनाबाट विश्वमा ३ लाख ६२ हजार बढीको मृत्यु

रासस -एएफपी मे २९, २०२०

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३ सय ६८ पुगेको छ । संक्रमितको संख्या ५९ लाख २० हजार २ सय ५८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९२ हजार २४ जना निको भएका छन् । विश्वभरमा २९ लाख ६५ हजार ८ सय ४२ हाल कोरोना संक्रमित उपचाररत छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ९ सय ७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

‘डब्लुएचओ’ का अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४ सय ६१ जनामा कोरोना भाइरस संक्रमण छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ३ सय ३० व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ७ लाख ५८ हजार १ सय ७ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ३६ हजार ७ सय ४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार १ सय १९ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ७१ हजार ८ सय २९ को मृत्यु भएको छ ।

एशियामा १० लाख ५६ हजार ६ सय ९० जनामा कोरोना भाइरस संक्रमण भएको छ भने २९ हजार २ सय २० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण भएको छ र ३ हजार ८ सय १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ओसियानामा ८ हजार ७ सय ७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १ सय २५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू