शुक्रबार, चैत १६, २०८०
22:53 | ०४:३८

कोरोनाबाट विश्वभर ३ लाख २० हजारको मृत्यु, ४९ लाख संक्रमित

रासस–एएफपी मे १९, २०२०

जेनेभा ।  कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४९ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८२ हजार २५७ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६५ जना संक्रमितको स्वास्थ्य अवस्था अत्यन्त जटिल छ भने २६ लाख २० हजारको अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९१ हजार ९८१ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य छ । विगत २४ घण्टामा इटालीमा ९९, स्पेनमा ५९ र फ्रान्समा ७५३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको ‘इपिसेन्टर’ का रुपमा देखिएको ब्राजिलमा १६ हजार ८५३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७३५ जनाको ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू