शुक्रबार, वैशाख ७, २०८१
18:26 | २३:११

लन्डनमा ह्दयघातबाट नेपाली महिलाको निधन

नेपाली लिङ्क अप्रिल १२, २०२०

३८ वर्षीया पुष्पा घलेको निधन ह्दयघातबाट भएको पारिवारिक श्रोतले जनाएको छ ।

लन्डन । लन्डनमा शनिबार ह्दयघातबाट एक नेपाली महिलाको निधन भएको छ ।

३८ वर्षीया पुष्पा घलेको निधन ह्दयघातबाट भएको पारिवारिक श्रोतले जनाएको छ ।

असजिलो महशुस गरेपछि वेष्ट मिडलसेक्स अस्पताल लाने बित्तिकै उनको मृत्यु भएको सुरेन सुनवारले जनाए । पुष्पा आफ्नो चर्चको एक सदस्य भएको सुरेनले बताए ।

पारिवारिक श्रोतले उनको मृत्यु ‘कोभिड १९’ बाट नभएको बताएको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने घले केयर होममा कार्यरत थिइन् ।स्वर्गीय घले श्रीमान डिल्लीमान गुरुङ र ८ महिनाको छोरासंग बस्दै आएकी थिइन् ।

उनको गत वर्ष सडवरी चर्चबाटै बिहे भएको थियो । करिब एक दशक अघि बेलायत आएकी पुष्पाले हालैमात्र ब्रिटिश नागरिकताका लागि आवेदन दिएकी बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू