शुक्रबार, चैत १६, २०८०
12:56 | १८:४१

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

रासस जनवरी २३, २०२३


काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।

सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुनअनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि विपक्षी दलको मान्यता के हुन्छ भनी प्रश्न उठेको थियो । यसमा सचिवालयले पत्रमार्फत स्पष्ट पारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू