शुक्रबार, १० जुलाइ, २०२६
14:56 | १९:४१

त्रिपुरेश्वरमा आत्मदाह घट्ना सम्बन्धमा सरकारको ध्यानाकर्षण

रासस जुलाइ १०, २०२६

काठमाडौँ, असार २६ गते । प्रतिनिधिसभामा सांसदहरुले मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटना सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा सांसद खड्कबहादुर शाहीले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नु दुःखद् भएको बताए । सांसद वर्षामान पुनले नेपालीको घटनाप्रति दुःख व्यक्त गरे । उनले रोल्पामा भएका सवारी दुर्घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशिका तामाङ, यशोदाकुमारी बराल र शाहजान खातुनले नेपालीले आत्मदाह गर्दा राज्यले नसुनेको गुनासो गरे ।

सांसद ऐन महरले नेपालीले आत्मदाहको प्रयास गरेपछि बीर अस्पतालमा उपचार गराइरहँदा निधन भएको उल्लेख गर्दै परिवारका सदस्यलाई भेट्न नदिइएको बताए ।

सांसद गीता गुरुङले सुकुमबासी बस्तीबाट हटाइएकाहरु अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू