शुक्रबार, चैत १६, २०८०
12:02 | १७:४७

नेकपा ओलीको मुख्य सचेतकमा भट्टराई

रासस फ्रेब्रवरी २६, २०२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहबाट संसदीय दलको प्रतिनिधिसभातर्फका मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाई शुक्रबार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपा संघीय संसदीय दलको विधान, २०७५ को दफा १३ बमोजिम उनलाई मुख्य सचेतकमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङ अहिले प्रचण्ड नेपाल समूहमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू