शनिबार, वैशाख ८, २०८१
08:00 | १२:४५

अल्डरसटको खोप केन्द्रमा नेपालीले बांडे निशुल्क खाना

नेपाली लिङ्क फ्रेब्रवरी ५, २०२१


लन्डन । बेलायतको अल्डरसटस्थित खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई नेपाली व्यवसायीले निशुल्क खाना प्रवन्ध गरेका छन् ।

केही महिना पहिले मात्रै खुलेको ‘कोसु मोसु सुसी एण्ड बेन्टो’ जापनिज रेष्टुरेन्ट, फार्नबोरोका सञ्चालक अजय थापा र रिता थापाले कोभिड १९ विरुद्धको भ्याक्सिन सेन्टर प्रिन्सेस हल अल्डरसटमा खटिएका दुवै सिफ्टका ४५ जनाभन्दा बढी मेडिकल स्टाफ र भोलेन्टियरलाई खाजा व्यवस्था गरेका हुन् ।


२५ सेट चिकन र बांकी भेजिटेरियन लन्चबक्स सहित आएका कोसुमोसु सुसी एण्ड वेन्टोका सञ्चालक अजय थापाले आफू व्यवसायमा व्यस्त हुनु परेकाले अन्य किसिमको सहयोग गर्न असमर्थ भएपनि बेलायती इतिहास कै महत्वपूर्ण खोप महाअभियानमा जुटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सबैलाई धन्यवाद दिंदै आफ्नो तर्फबाट सानो सहयोग गरेको बताए ।

कोभिड भ्याक्सिन सेन्टर प्रिन्सेस हल अल्डरसटकी इन्चार्ज डा. लुइस पेन र भोलन्टियर टिम लिडर साम ट्रस्लरले जाडोको बेला तातो खाना व्यवस्था गरेकामा थापालाई धन्यवाद दिए ।

बेलायतकै सबैभन्दा धेरै नेपाली बसोबास गर्ने अल्डरसटको उक्त खोप केन्द्रमा यतिखेर ७० वर्ष नाघेका नेपाली वृद्धवृद्धालाई बिना एपोइण्टमेन्ट भ्याक्सिन लगाउने व्यवस्था गरिएपछि ठूलो राहत भएको छ । ग्रेटर रसमोर नेपलिज कम्युनिटी लगायत संस्थाको पहलमा नेपाली वृद्धवृद्धालाई बिना एपोइन्टमेन्ट खोप दिने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू