आइतबार, १२ जुलाइ, २०२६
17:01 | २१:४६

मन्त्रीहरु पुगे खरिपाटीस्थित होल्डिङ सेन्टर

रासस जुलाइ १२, २०२६

काठमाडौँ, असार २८ गते । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टर अवलोकन गरेका छन् ।

मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका थिए ।

भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन् ।

सुकुमवासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमवासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताइन् । मन्त्री रावलले सुकुमवासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह समेत गरिन् ।

अन्य मन्त्रीहरूले सुकुमवासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू