लण्डन आइपुगे कलाकार राजु गुरुङ


लन्डन- नायक एवं गायक राजु गुरुङ लन्डन आइपुगेका छन् ।
सोंपाल समाज युकेको निमन्त्रणमा ४ जुलाई शनिबार बेलुका हिथ्रो एयरपोर्टमा ओर्लदा उनलाई सोंपाल समाज युके अध्यक्ष जगदिश गुरुङले खादा लगाएर स्वागत गरे।
त्यसपछि आमा अध्यक्ष श्रीमती मनदेवी गुरुङले पुष्प गुच्छाबाट स्वागत गरिन्।
कलाकार गुरुङलाई स्वागत गर्न तमुधिं युके अध्यक्ष जुमकाजी गुरुङ तथा आमा अध्यक्ष श्रीमती कमला गुरुङ पनि एयरपोर्ट पुगेका थिए ।
त्यसरी नै एनआरएनए युके प्रमुख संरक्षक डेभिड गुरुङले खादा र पुस्पा गुच्छाद्वारा स्वागत गरे।

कलाकार गुरुङ सोंपाल समाज युकेको ११ जुलाई शनिबार हुने वार्षिक बिबिक्यु तथा समर भेटघाट कार्यक्रमका लागि आएका हुन्। उनी यस अघि पनि तमुधिं युकेको निमन्त्रणमा बेलायत आइसकेका थिए।
गुरुङका धेरै मन छुने खालका लोक दोहोरी तथा गुरुङ गीतहरु छन्।
समाजले पोस्ट अफिस क्लब, लन्डन मैदानमा समर भेटघाट तथा बिबिक्यु कार्यक्रम अयोजना गर्ने तयारी पूरा भएको जनाउदै सहभागिताका लागि सबैमा अनुरोध गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


