मंगलबार, वैशाख ११, २०८१
14:48 | १९:३३

ब्राजिलमा एकदिनमा ५६ हजार बढी संक्रमित

रासस-सिन्ह्वा फ्रेब्रवरी ५, २०२१

साओ पाउलो । ब्राजिलमा बिहीबार थप ५६ हजार ८७३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । गत २४ घण्टामा थप एक हजार २३२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई लाख २८ हजार ७९५ पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ५६ हजार ८७३ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ लाख ९६ हजार २९३ पुगेको छ ।

ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा छ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छ ।

अमेरिकामा कोरोना सङ्क्रमणबाट चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट एक लाख ५४ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू