शुक्रबार, चैत १६, २०८०
07:12 | १२:५७

गैरआवासीय नेपालीका लागि काठमाडौं विमानस्थलमै अनअराइभल भिसा सेवा सुचारु

नयाँ भेरियन्ट् भेटिएका बेलायतसहितका मुलुकबाट जानेलाई नमिल्ने

रासस फ्रेब्रवरी १, २०२१

काठमाडौं । सरकारले गैरआवासीय नेपाली तथा कूटनीतिक नियोगका कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनअराइभल भिसा दिने भएको छ ।

गत मसिंर १०, पुस १० र यही माघ १० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अनअराइभल भिसा खुला गरिएको अध्यागमन विभागले जनाएको छ । तर, कोरोना भाइरसका नयाँ भेरियन्ट् भेटिएका बेलायतसहितका मुलुकहरुबाट जानेलाई भने अनअराइभल भिसा सेवा खुला गरिएको छैन ।  

विभागले आइतबार सूचना प्रकाशन गर्दै नेपाली मूलका विदेशी (राहदानीमा जन्मस्थान नेपाल उल्लेख भएको) वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैरआवासीय नेपाली, कूटनीतिक तथा औपचारिक राहदानवाहक, युएनका कर्मचारी, नेपालमा रहेका अन्तर्राष्ट्रिय संस्थामा कार्यरत विदेशी कर्मचारीलाई विनाशर्त अनअराइभल भिसा खुला गरिएको जनाएको हो ।

विभागले नेपालको भिसा भएका विदेशी नागरिकलाई आगमन अनुमति भने दिइने जनाएको छ भने नेपालको भिसा नभएका विदेशीले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएरमात्र नेपाल आउन पाउनेछन् ।

विदेशी नागरिकलाई पूर्वस्वीकृति विना स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइएको छैन । सबै यात्रुलाई यात्रा शुरु गर्नुभन्दा बढीमा ७२ घण्टाभित्रको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट र दश दिनको क्वारेन्टिन अनिवार्य गरिएको छ ।

यसअघि सम्बन्धित मुलुकमा रहेका नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएकालाई मात्र अनअराइभल भिसा दिने गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू