गुल्मी जिल्ला समाज यूकेमा नयाँ सल्लाहकारको स्वागत, अगष्ट २ को वार्षिक भेला तयारीबारे छलफल

लन्डन- गुल्मी जिल्ला समाज यूकेले आफ्ना नवनियुक्त ट्रष्टी, सल्लाहकार एवम् विभिन्न कमिटीमा मनोनित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
आइतबार लन्डन वुल्लीचस्थित गुल्मी रेष्टुरेन्टको हलमा आयोजित एक कार्यक्रमबीच हालै नियुक्त समाजका सल्लाहकार र ट्रष्टीहरुलाई स्वागत तथा सम्मान गरिएको हो।
समाजकी अध्यक्ष मञ्जु भण्डारीले उनीहरुलाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।
समाजको हालै निर्वाचित कार्यसमितिले आगामी कार्यकालका लागि ट्रष्टी बोर्डमा नयाँ मनोनयन गरेको छ । पूर्व अध्यक्ष राम गलामी संयोजक र वरुण भण्डारी सदस्यसचिव रहेको ट्रष्टी बोर्डमा वर्तमान कार्यसमिति अध्यक्ष मञ्जु भण्डारी, महासचिव महलाल घिमिरे र कोषाध्यक्ष अर्जुन बस्नेत, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष टोप पल्ली, केशव भण्डारी, रण खाती क्षेत्री, मुकुन्दहरि खराल र तेज रानामगर सदस्य छन्।
त्यस्तै, सल्लाहकार फडिन्द्र भट्टराईको संयोजकत्वमा सल्लाहकार रण खाती क्षेत्री र उपाध्यक्ष रि. क्या ताम ढेगा सदस्य रहेको विधान समिति गठन गरिएको छ।
समाजले सल्लाहकार विनोद ज्ञवालीलाई अनुशासन समितिको संयोजक नियुक्त गरेको छ ।
सोही अवसरमा आगामी अगष्ट २ तारिख हुने समाजको वार्षिक भेला तयारीका सम्बन्धमा समाजका सल्लाहकार र कार्यसमितिबीच छलफल गरिएको छ ।
यस वर्षको भेला संयोजक एवम् समाजका उपाध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगाले तयारीका कार्यहरुबारे अपडेट गराएका थिए ।
भेलाका सहसंयोजक एवम् समाजका पूर्व अध्यक्ष वीर बलालले कार्यक्रमको लागि नेपालबाट आमन्त्रण गर्ने कलाकारहरुको सम्बन्धमा जानकारी गराए।
महासचिव महलाल घिमिरेले अतिथिहरु आमन्त्रण तथा कोषाध्यक्ष अर्जुन बस्नेतले आर्थिक अवस्था र संस्थाको बैंक खाताबारे अपडेट प्रस्तुत गरेका थिए ।

समाजकी अध्यक्ष मञ्जु भण्डारीले यसपटकको भेलालाई पनि विगतमा जस्तै भव्य, व्यवस्थित र मनोरञ्जनात्मक गराउने लक्ष्य राखेर तयारी भइरहेको जानकारी गराइन् । कार्यक्रम सफल पार्न सिंगो कार्यसमितिका साथै सल्लाहकार र सम्पूर्ण सदस्यहरुबाट पनि सक्दो साथ र सहभागिताको लागि उनले आग्रह गरिन् ।
कार्यक्रममा समाजका सल्लाहकार तथा पूर्व अध्यक्षहरु टोप पल्ली, वीर बलाल, सल्लाहकारहरु रणबहादुर खाती क्षेत्री, विनोद ज्ञवाली, दासुराम पाण्डे, फडिन्द्र भटटराई, कमल भण्डारी, तारा भट्टराई, भीम खनाल, मुकुन्दहरि खराल, राजेन्द्र श्रेष्ठ, चक्रबहादुर राना, गोपाल अर्याल, खड्क रेश्मी, डम्बर श्रीष, रेशम अर्याल, कृष्ण भण्डारी, शिव भण्डारी, ध्रुवराज अर्याललगायतको उपस्थिति थियो ।
त्यस्तै, कार्यसमितिका उपाध्यक्ष डा विष्णु घिमिरे, सचिव राधा खरेल, विश्व सिंहलगायत पनि कार्यक्रममा उपस्थित थिए ।
अध्यक्ष मञ्जु भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव महलाल घिमिरेले सञ्चालन गरेका थिए।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


