शुक्रबार, वैशाख १४, २०८१
18:10 | २२:५५

एनआरएनए विशेष केन्द्रिय महाधिवेशन दुई बुंदे प्रस्ताव पारित गर्दै समापन

नेपाली लिङ्क जनवरी २४, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशन दुई बुंदे प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबार संघका प्रवक्ता डिबी क्षेत्रीले ‘भर्चुअल’ रुपमा विशेष महाधिवेशनको निर्णय सार्वजनिक गरेका हुन् ।

जनवरी २३ र २४ मा सम्पन्न महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्माआर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका थिए । ती प्रस्तावहरु सर्वसम्मतिले पारित भए ।

कोषाध्यक्ष महेश श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिन गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

त्यस्तैविशेष महाधिवेशनमा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको थियो । महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले गरेका थिए ।

घोषणापत्रबारे विवाद

संघको इतिहासमै सम्भवतः पहिलो पटक प्रवक्ताले अधिवेशनको निर्णय २ पटक पढेर सुनाउनु परयो । सहमति विपरित घोषणापत्र तयार गरिएको भन्दै संघका सल्लाहकार कुल आचार्यउपाध्यक्ष मन केसीलगायतले आपत्ति जनाएपछि उक्त घोषणापत्र फिर्ता भएको थियो ।

अर्का उपाध्यक्ष सोनाम लामाले नेपाली नागरिकताको निरन्तरताको पक्षमा आफूले गरेका कामहरु समेत घोषणपत्रमा नसमेटिएको भन्दै आपत्ति प्रकट गरे । उक्त घोषणापत्रमा महिलायुवा र नयाँ पुस्ताका बारेमा समेत केही नसमेटिएको भन्दै सहभागीले आक्रोस पोखेका थिए ।

सो लगत्तै आइइएस बैठकमा घोषणापत्रमा सहमति खोज्ने प्रयास गरेपनि सहमति हुन नसकेपछि दुई बुंदे घोषणा पत्र प्रवक्ता क्षेत्रीले दोस्रो पटक सुनाएका थिए ।

अध्यक्ष पन्तको समन्वयकारी भूमिका

संघ अध्यक्ष पन्तले घोषणापत्रलाई अन्तिम रुप दिन आइइएसमा बैठक चलिरहेको अवस्थामा असन्तुष्ट पक्षका रोशन थापाजानकी गुरुडशंकर खड्काचिन्तामणि सापकोटा लगायतले व्यक्त गरेका सुझाव तथा धारणा सुने । उनले संघलाई राम्रो र उत्कृष्ट संस्था बनाउनु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकाले सबैलाई समेटेर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष पन्तले आफूबाट गल्ती कमजोरी भए सच्याएर जान तयार रहेको भन्दै करिब चार घण्टा सबै सहभागी आइसीसी सदस्यहरु, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको विचार धैर्यतापूर्वक सुनेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू