शुक्रबार, वैशाख ७, २०८१
07:12 | ११:५७

गुल्मीका कोरोना संक्रमित गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुंदै

रासस मे २०, २०२०

रुपन्देही । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

अस्पतालले विज्ञप्ति जारी गरी बिरामीबारे बाहिर आएको गलत र भ्रामक समाचारको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।

उनी एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गतेदेखि अस्पतालमा भर्ना भएका हुन् ।

मदानेको एक विद्यालयका प्रधानाध्यापक रहेका उनीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू