बुधबार, १६ सेप्टेम्बर, २०२६
22:32 | ०३:१७

गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गा कारोबार

रासस सेप्टेम्बर १६, २०२६

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।

राष्ट्र बैंकका अनुसार आव २०८१र८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू