बिहीबार, वैशाख १३, २०८१
02:54 | ०७:३९

अन्ततः छैठौं परिक्षणमा कनिकाको रिपोर्ट नेगेटिभ

नेपाली लिङ्क अप्रिल ५, २०२०

गायिका कनिका कपुर

लण्डन । बलिउड गायिका कनिका कपुरको कोरोना भाइरस संक्रमणको रिपोर्ट अन्ततः नेगेटिभ आएको छ । यसअघि पाँच पटकसम्म पोजिटिभ देखिएको उनको रिपोर्ट छैठौं पटकमा मात्र नेगेटिभ देखिएको हो । लखनउस्थित सञ्जय गान्धी पोस्ट ग्रयाजुएट इन्स्टिच्युटमा उनको उपचार भइरहेको छ ।

शुरुका पाँच परिक्षणमा लगातार उनलाई कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो । डाक्टरले उनको अवस्था खतरामुक्त रहेको बताउँदै आएका थिए । तर उनका आफन्त र शुभचिन्तक निराश हुन थालिसकेका थिए ।

उनको रिपोर्ट नेगेटिभ आएको खबर उनका शुभचिन्तकहरुको लागि ठूलो खुशी बनेको छ । रिपोर्ट नेगेटिभ आएपनि कनिकालाई अहिले नै डिस्चार्ज भने गरिने छैन । ४८ घण्टापछि फेरि गरिने अर्को परिक्षणमा पनि रिपोर्ट नेगेटिभ आएपछि मात्र उनी अस्पतालबाट डिस्चार्ज हुनेछिन् ।

करिब १ महिनाअघि बेलायतबाट फर्किएपछि उनमा कोरोनाको संक्रमण भेटिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू