बिहीबार, ३० अप्रिल, २०२६
देश छाड्नु पर्दाको पीडा गीतमा अभिव्यक्त (भिडियोसहित)

नेपाली लिङ्क
अप्रिल ३०, २०२६

लन्डन । भीमेश्वर नगरपालिका २ दोलखा घर भई हाल यूकेमा बसोबास गर्दै आएका सर्जक सत्यकृष्ण श्रेष्ठले आफ्नै शब्दमा तयार पारेको ‘दोलखा कलिङ्ग’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
केही साताअघि सार्वजनिक गरिएको यस गीतले घरको सम्झना र परदेशिनु पर्दाको पीडा चित्रण गरेको छ ।
‘समयसँगै गाउँ खाली हुँदै जान्छ, घरहरू सुनसान हुन्छन् तर सम्झनाहरू कहिल्यै मर्दैनन्’, रचनाकार सत्यकृष्ण श्रेष्ठ गीतबारे भन्छन्, तपाईं जति टाढा गए पनि घरले सधैं फर्किन बोलाइरहन्छ । तर, हामी कहिल्यै फर्कन सकेनौं ।’
रेजिना चौलागाईं र ओस्ला युट्युब च्यानलबाट सार्वजनिक यस गीतको भिडियो छायाङ्कन रञ्जनराज श्रेष्ठले गरेका हुन् भने संगीत एआई प्रविधिबाट तयार गरिएको हो ।
भिडियोमा अंग्रेजी, द्वाल्खा नेपाल (नेवार) र नेपाली खस भाषा समावेश छ ।
भिडियो हेर्नुहोस्-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


