विभिन्न निर्णय गर्दै सकियो एनआरएनए आइसीसीको ११५औँ बैठक


काठमाडौँ। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११५औँ बैठकले विभिन्न निर्णय गरेको छ। गत १३ र १४ जुनमा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले विभिन्न निर्णय गरेको हो।
अध्यक्ष डा हेम राज शर्माको अध्यक्षतामा महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गरेको उक्त बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा भएका संस्थागत, आर्थिक र विभागीय प्रगति विवरणहरूको प्रस्तुति तथा समीक्षा गरिएको थियो।
बैठकको तयारी अन्तर्गत दुई हप्ता अगाडि बैठकका एजेन्डा तथा सम्भावित प्रस्तावहरू सचिवालयको तर्फबाट तयार गरी प्रस्तुत गरिएको थियो। ती प्रस्तावहरूलाई प्रारम्भिक चरणमा चार क्षेत्रीय बैठकहरू (युरोप, अमेरिकाज, मध्यपूर्व र एशिया–प्यासिफिक) मा छलफल गरिएको थियो। त्यसपछि आइसीसीका उपाध्यक्षहरू, संगठन तथा सचिवालय टोलीबीच संयुक्त बैठक सम्पन्न गरी विभिन्न सुझाव तथा प्रतिक्रियाहरू समेट्दै विस्तृत समीक्षा गरिएको थियो।
अन्त्यमा Organizing Body (OB) बैठक बसेर सबै क्षेत्रीय तथा आन्तरिक छलफलबाट प्राप्त निष्कर्षहरूलाई समेट्दै आइसीसीका सम्पूर्ण एजेन्डा तथा प्रस्तावहरूलाई औपचारिक रूपमा आइसीसी बैठकमा प्रस्तुत गर्ने गरी अन्तिम रूपमा पारित गरिएको थियो।
दोस्रो दिन विभिन्न विषयहरूमा विस्तृत छलफल पश्चात निम्न निर्णयहरू गरिएको छः
१. क्षेत्रीय तथा विश्व सम्मेलनहरू
• १७औँ युरोप क्षेत्रीय बैठक (संकल्प): आगामी १०-११ अगस्टमा डब्लिन, आयरल्यान्डमा United by Identity, Driven by Investment, Committed to Prosperity भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने युरोपेली क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।
• ११औँ एसिया–प्रशान्त क्षेत्रीय बैठक (आरोहण) : १५-१६ अगस्टमा ग्वाङ्झाउ, चीनमा “Rising Together, Leading Forward” भन्ने मुख्य विषयमा केन्द्रित रही आयोजना हुने एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई बैठकले सर्वसम्मतिले अनुमोदन गर्यो ।
• मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी नोभेम्बर २०२६ मा, ओसियाना क्षेत्रीय सम्मेलन (Oceania Regional Conference) आगामी डिसेम्बर २०२६ न्युजिल्यान्डमा तथा अमेरिका क्षेत्रीय सम्मेलन (Americas Regional Conference) आगामी मार्च–अप्रिल २०२७ मा क्यानडामा गर्ने प्रारम्भिक योजना स्वीकृत गरिएको छ।
• चौथो एनआरएन विश्व ज्ञान सम्मेलन, पहिलो एनआरएन विश्व महिला सम्मेलन तथा दोस्रो पुस्ता युवा सम्मेलन सन् २०२७ को जनवरीभित्र आयोजना गर्ने जानकारी गराइएको छ।
२. विभागीय कार्यविधि तथा समितिहरू
• विभिन्न विभागहरूद्वारा प्रस्तावित कार्य सन्दर्भ (TOR) तथा समितिहरूको गठन तथा सदस्यता स्वीकृत गरिएको छ।
३. आर्थिक व्यवस्थापन तथा सुशासन
• बैठकले मार्च १४-१६, २०२६ मा काठमाडौंमा सम्पन्न १२औं एनआरएन विश्व सम्मेलन र एनआरएनए आईजीए कार्यक्रमको आय-व्यय विवरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ।
• आर्थिक वर्ष २०८३/८४ का लागि कुल नेपाली रुपैयाँ ५,३७,६३,६६८ (NPR 53,763,668) बराबरको एनआरएनए सचिवालय बजेट योजनालाई अनुमोदन गरेको छ।
• आईसीसी पदाधिकारी र सदस्यहरूको लेभी तथा मनोनयन शुल्क बुझाउन दुई हप्ताको अतिरिक्त समय प्रदान गर्ने निर्णय गरिएको छ। थपिएको समयमा शुल्क नबुझाउनेलाई एनआरएनएको आधिकारिक वेबसाइटबाट हटाउने निर्णय गरिएको छ।
•एनसीसीको शुल्क नबुझाउनेलाई विधानअनुसार प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
•संस्थाको एकताका लागि उम्मेदवारी फिर्ता लिएका वा विशेष परिस्थितिका कारण उम्मेदवारी स्वीकृत हुन नसकेका र शुल्क फिर्ताका लागि आवेदन दिएका उम्मेदवारहरूको मनोनयन शुल्क फिर्ता गर्ने निर्णय गरिएको छ।
•कोषाध्यक्ष र वित्तीय टोलीलाई प्रत्येक त्रैमासिकमा वित्तीय प्रतिवेदन समीक्षा गरी आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गर्ने अधिकार प्रदान गर्ने निर्णय गरिएको छ।
४. सचिवालय मामिला सम्बन्धमा
सचिवालय भवनको छतको पुराना जस्तापाता फेर्ने र छतको खाली ठाउँ उपयोग गर्न सुरक्षित सिँढी निर्माण गर्ने कार्यका लागि प्रस्तावित अनुमानित लागत स्वीकृत गर्ने निर्णय गरिएको छ।
सचिवालयको आईटी कार्यलाई व्यवस्थित बनाउन सुरु गरिएको २ जना आईटी अधिकारी (IT Officers) नियुक्ति प्रक्रियालाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
५. संगठनात्मक निर्णय तथा राष्ट्रिय समन्वय परिषद् एकीकरण
नेदरल्याण्ड्स र डेनमार्कका दुइ समुहमा रहेका एनसीसी (NCC) हरूको एकीकरणलाई अनुमोदन गर्ने निर्णय गरिएको छ। साथै बाँकी रहेको सदस्यता शुल्क बुझाउने सर्तमा कतार, फ्रान्स, बेल्जियम, , माल्टा, मलेसिया र थाइल्याण्ड दुइ समुहमा रहेका एनसीसी (NCC) हरूको एकीकरणलाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
बैठकले अस्ट्रिया, पोर्चुगल, अमेरिका, युएई, कुवेत र दक्षिण कोरियाका NCC हरूलाई ३१ जुलाई २०२६ सम्ममा आफ्नो एकता राष्ट्रिय महाधिवेशन (Unity General Conventions) सम्पन्न गर्न निर्देशन दियो। एकता प्रक्रियालाई सहज रुपमा समन्वय गर्ने जिम्मेवारी निम्नानुसार तोकिएको छ:
उपाध्यक्ष रोशन थापा — अमेरिका
उपमहासचिव दिनेश घिमिरे — पोर्चुगल
उपमहासचिव अनुजा प्रधान — अस्ट्रिया
उपमहासचिव राजेन्द्र अर्याल — कुवेत
उपमहासचिव पारसमणि पोखरेल — दक्षिण कोरिया
उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान — युएई
रोमानिया, बुल्गेरिया, स्लोभाकिया, ग्रीस र फिनल्याण्डमा एनसीसीलाई पुन: सक्रिय बनाउन तथा क्रोएसिया, सर्बिया, लाओस र भियतनाम जस्ता नयाँ एनसीसी स्थापना गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित क्षेत्रीय संयोजक (RC) र/वा आईईएस (IES) सदस्यहरूलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको छ।
६. रिक्त आइइएस (IES), पदाधिकारी (OB), आइसीसी सदस्य, सल्लाहकार र मानार्थ परिषद् पदहरूका लागि छनोट मापदण्ड निर्धारण
रिक्त रहेका आइइएस (IES), पदाधिकारी (OB), आइसीसी सदस्य, सल्लाहकार र मानार्थ परिषद्का पदहरूको नियुक्तिका लागि तय गरिएको छनोट मापदण्डलाई सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरिएको छ।
विश्वभर छरिएका नेपाली मूलका महिला युवा दोस्रो पुस्ता र विज्ञको तर्फबाट करिब ७० प्रतिशतलाई आईसीसी संरचनामा जोड्ने निर्णय गरिएको छ।
मनोनीत व्यक्तिहरूको हकमा निम्नानुसार पुष्टि भएपछि मात्र मनोनयन वैध हुनेछ:
कुनै वित्तीय अनियमितता वा कानूनी मुद्दा नभएको;
कुनै बाँकी लेभी दायित्व नभएको; र
ICC वा NCC प्रति कुनै बाँकी वित्तीय दायित्व नभएको।
७.रिक्त आईईएस (IES), पदाधिकारी (OB) मनोनयन
बैठकले NCC एकीकरणको समर्थनमा आफ्नो पद त्यागेका NCC अध्यक्षहरूलाई उपयुक्त ICC IES वा पदाधिकारी पदहरूमा मनोनयन गर्ने प्रस्ताव अनुमोदन गर्ने निर्णय गरिएको छ।
विशेष परिस्थितिका कारण १२ औँ महाधिबेशनमा मनोनयन अनुमोदन हुन नसकेका उम्मेदवारहरूलाई नियुक्त गर्ने निर्णय गरिएको छ l
बैठकले सङ्गठनात्मक एकताको मर्म र वैधानिक व्यवस्था अनुरुप बाँकी रिक्त IES र पदाधिकारी पदहरूलाई अन्तिम रूप दिन विधानमा व्यवस्था भएअनुसार अध्यक्षलाई अधिकार प्रदान गरियो। अध्यक्षले महासचिव लगायत पदाधिकारीसँग परामर्श गरी एक हप्ताभित्र नामावलीको टुंगो लगाउने निर्णय गरियो l
८. ICC सदस्यहरूको मनोनयन
निर्वाचित भएर पनि आफ्नो पदमा निरन्तरता दिन नचाहने, तोकिएको आईसीसी लेभी नबुझाउने, शपथ लिन अस्वीकार गर्ने आईसीसी सदस्यहरूले एनआरएनए विधान बमोजिम आफ्नो पद स्वतः त्याग गरेको (Withdrawn) मानिने र त्यसरी रिक्त हुन आउने पदहरूलाई उपयुक्त मनोनयन प्रक्रिया मार्फत पूर्ति गर्ने निर्णय गरिएको छ l
९. संरक्षक (Patrons) परिषद्का सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरिएको छ ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
पूर्व अध्यक्ष जीवा लामिछाने
निवर्तमान अध्यक्ष डा. बद्री केसी
निवर्तमान अध्यक्ष महेश श्रेष्ठ
संस्थापक महासचिव भीम उदास
१०. सल्लाहकार समितिमा निम्नानुसार मनोनित गर्ने निर्णय गरिएको छ
बाह्रौँ महाधिवेशन आयोजनाका लागि गठित स्टेरिङ समितिका सदस्यहरू तथा बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात सामाजिक मानवशास्त्री प्राध्यापक डेविड गेल्नरलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको छ।
विधान व्याख्या समितिमा पूर्व सल्लाहकार तथा कोषाध्यक्ष हिक्मत थापा लाई संयोजकको रुपमा मनोनित गर्ने निर्णय गरिएको छ ।
अनुशासन समितिमा पूर्व महासचिव रतन झालाई संयोजकको रुपमा मनोनित गर्ने निर्णय गरिएको छ ।
बाँकी सल्लाहकार, मानार्थ परिषद्का सदस्यहरु, विधान व्याख्या समितिका सदस्यहरु र अनुशासन समितिका सदस्यहरुको नाम टुंगाउने अधिकार अध्यक्ष र महासचिव दिने निर्णय गरियो ।
११. निर्वाचन प्रणालीका लागि प्राविधिक समिति
अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्का समेत रहनुभएको निर्वाचन प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउन प्राविधिक तथा ‘टेक्निकल कमिटी’ गठन गर्ने निर्णय गरिएको छ । त्यसका लागि ७ जना विज्ञहरूको प्राविधिक समिति गठन गर्ने निर्णय गरिएको छ।
उक्त समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिने निर्णय गरिएको छ ।
१२. एनआरएनए फाउन्डेसन
पूर्व प्रमुख संरक्षक रामप्रताप थापाको संयोजनमा रहेको एनआरएनए फाउन्डेसनमा अध्यक्ष डा. हेमराज शर्मा, परोपकार विभाग प्रमुख उपाध्यक्ष रामशरण सिम्खडा र कोषाध्यक्ष कृष्ण तिमल्सिनालाई प्रतिनिधिको रुपमा सिफारिस गर्ने निर्णय गरिएको छ।
एनआरएनए फाउन्डेसनलाई विदेशमा दर्ता गरि अन्तर्राष्ट्रिय रूपमा थप सुदृढ र गतिशिल बनाउन नेदरल्यान्ड्सबाट दर्ता प्रक्रिया अगाडि बढाउन पुर्व कोषाध्यक्ष एवं प्रबक्ता फणिन्द्र पन्त र पूर्व सल्लाहकार शशी पौडेललाई जिम्मेवारीका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।
१३. अन्तरसंस्थागत सहकार्य
• अन्तराष्ट्रिय फेडरेशन अफ रेडक्रस, चेम्बेर अफ कमर्स, ललितपुर उद्योग बाणिज्य संघ र we will rise foundation संग भएको सम्झौता स्वीकृत गर्ने र नेपाल ओलम्पिक कमिटी लगायतको सम्झौता पुनरावलोकन प्रक्रिया अघि बढउने निर्णय गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


