• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, ६ जुलाइ, २०२५
11:20 | १६:०५

भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

रासस/एएनआई जुलाइ ५, २०२०

नयाँ दिल्ली, २१ असार–कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ । तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र प्रदेश नै भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

विवादित भारतीय काश्मीरमा हिन्दूहरूको तीर्थयात्रा शुरु

३ दिन अगाडि

युरोपको सुरक्षा कमजोर नबनाउन बेइजिङसंग इयूको आग्रह

जुलाइ २, २०२५

जापानमा दुई साताभित्र ९०० बढी भूकम्पको झड्का

जुलाइ २, २०२५

हाम्रो सिफारिस

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५

बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

मार्च ८, २०२५
ताजा अपडेट्स
  • अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो
  • एनआरएनए यूके अध्यक्षमा गोविन्द खरेलको दावेदारी
  • ‘कुलिङ पिरियड’ मा तोडमोडको छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति
  • गाजामा द्वन्द्व अन्त्यका लागि युद्धविराम प्रस्तावमा तुरुन्तै वार्ता गर्न हमास तयार
  • सरकारी कर्मचारीलाई अब पेन्सन वा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली
ट्रेन्डिङ
  • १
    डा. भगवान कोइरालाको सातै प्रदेशमा अस्पताल बनाउने अभियानमा बेलायतबाट सहयोग
  • २
    बेलायतमा आठौं पिपल नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टिम भिड्दै
  • ३
    लन्डनका धावक सन्तोषले वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा फहराए नेपाली झण्डा
  • ४
    चार्ल्टन समाजको समर कार्यक्रम १३ जुलाइमा, चर्चित गायक कृष्ण रेउले आउँदै
  • ५
    भूतपूर्व गोर्खाहरुले बेलायती संसद भवन अगाडि गरे प्रदर्शन

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.