मंगलबार, वैशाख १८, २०८१
05:38 | १०:२३

एनआरएनए कार्यकारी अध्यक्षको भूमिकामा आइन् रबिना, यस्ता छन् प्राथमिकता

नेपाली लिङ्क अक्टोबर २, २०२२


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) कार्यकारी अध्यक्षको रुपमा रबिना थापाले आइतबारदेखि जिम्मेवारी सम्हालेकी छन् । 

सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिका अध्यक्ष कुल आचार्यले सकेसंगै रबिना उक्त जिम्मेवारीमा आएकी हुन् ।

कार्यकारी अध्यक्षका रुपमा उनका यस्ता छन् प्राथमिकता:

विज्ञप्ति

“नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ ।

अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो । सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व सम्हाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु ।

आगामी दिनमा संघको कार्यकारी अध्यक्षको रुपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरु यहाँहरु समक्ष लिएर उपस्थित भएकी छु ।

• गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायत कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ ।

• विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ ।

• गत निर्वाचनमा देखिएको असमझदारी पूर्ण अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ ।

• संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ ।

• एक प्रदेश, एक मोबाइल ब्लड बस’ परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्न आइसीसी, एनसीसी तथा सरोकारवालाहरुसँग समन्वयमा आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ ।

• रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागू गरिने छ ।

• संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुरयाउने योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।

• ‘एक पल्टको नेपाली, सधैको नेपाली’ लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ ।

• डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ ।

• नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले  ‘पढ्दै कमाउँदै; जस्ता आयमुल र सिपमुलक कामका लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ ।

साथै विधानमा उल्लेखित सबै तहका पदपूर्तिहरू गरिने छ र संस्थालाई बृहत बनाउन कोशिस गर्ने छु।

यही अक्टोवर ११ देखि १३ तारिखसम्म हुने संघको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्तावेजका रुपमा अनुमोदन गरेर संघको आगामी महाधिवेशनमा नेतृत्वका लागि हुने निर्वाचन सुनिश्चत गर्न सबै राष्ट्रिय समन्वय परिषद, वर्तमान कार्यसमिति तथा संघका सदस्यहरुसँग हार्दिक अपिल गर्दछु ।

रविना थापा

कार्यकारी अध्यक्ष,

गैरआवासीय नेपाली संघ

२ अक्टोवर २०२२

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू