बिहीबार, १८ जुन, २०२६
09:34 | १४:१९

पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ को मृत्यु

रासस/एएनआई जुलाइ ७, २०२२

बाढीले जलमग्न बालुचिस्तान प्रान्त । तस्बिर सिन्हवा

क्वेटा, २३ असार–पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ ।

देशको बालुचिस्तान र गिल्गित बाल्तिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

मृत्यु भएकामध्ये १० जनाको बालुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ ।

वर्षाले धेरै घरमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ । उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी गिल्गीत बाल्तीस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला र एक बच्चा छन् ।

अत्यधिक वर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरो गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू