बुधबार, वैशाख १९, २०८१
21:21 | ०२:०६

नक्कली अकाउन्टका कारण ट्वीटर सम्झौता रोकियो

रासस–एएनआई मे १३, २०२२

टेस्लाका सीइओ एलोन मस्क । तस्बिर एपी

वाशिंगटन (अमेरिका), ३० बैशाख-टेस्लाका सीइओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्वीटर किन्नेबारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाका कारण रोकिएको बताएका छन्।

मिडिया रिपोर्टका अनुसार ट्वीटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।

मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्वीटरको निर्णय गल्ती भएको बताएका थिए । उनले यदि उनको सोसल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।

हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्वीटर अधिग्रहण गर्ने सहमत भएको छ । यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू