बिहीबार, १८ जुन, २०२६
19:57 | ००:४२

हंगेरीमा अर्वान पाचौँ पटक प्रधानमन्त्री बन्दै

रासस/सिन्ह्वा अप्रिल ४, २०२२

प्रधानमन्त्री भिक्टोर अर्वान । तस्विर- एएफपी

बुडापेस्ट, २१ चैत्र– हंगेरीमा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री भिक्टोर अर्वान नेतृत्वको गठबन्धन नै विजयी भएको छ । उनी अब पाँचौँ पटक देशको प्रधानमन्त्री बन्ने भएका छन् ।

नयाँ संसद् गठनका लागि आइतबार भएको निर्वाचनमा सत्तारुढ दल फिडेस नेतृत्वको केडीएनपी गठवन्धन विजयी भएको हो । निर्वाचन कार्यालयले मतपरिणाम आइतबार राती नै सार्वजनिक गरेको थियो ।

मतपरिणाम सार्वजनिक भएसँगै सत्तारुढ दलका नेताहरूले देशभरी खुशीयाली मनाएको समाचारमा जनाइएको छ ।

फिडेस नेतृत्वको गठबन्धनले ७१ प्रतिशत मत गणना हुँदा नै ५४.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।

विपक्षी छ पार्टीको गठबन्धनले भने ३३.५५ प्रतिशत मात्रै मत प्राप्त गरी दोस्रो भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल १९९ संसदीय सिट मध्ये १३४ सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो । गठबन्धनले सन् २०१८, २०१४ र २०१० मा झै अत्यधिक मत प्राप्त गरेको हो ।

देशभर मतदान अधिकार पाएकाको सङ्ख्या ७० लाख ८० हजार छ । निर्वाचनका लागि देशभरी १० हजार मतदान केन्द्र तय गरिएको थियो ।

सन् १९९८ देश शक्तिमा आएका ५८ वर्षीया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गरेका थिए । त्यसपछि उनी सन् २०१० मा फेरि शक्तिमा आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू