जेलिन्स्किी रुससँग वार्ता गर्न तयार, तर बेलारुसमा नगर्ने
रासस-एएफपीफ्रेब्रवरी २७, २०२२
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।
तर उनी वार्ताका लागि बेलारुसमा भने नबस्ने बताए । मस्कोले आक्रमणका लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।