मंगलबार, वैशाख १८, २०८१
10:17 | १५:०२

तीन सय नाघ्यो नेपालमा संक्रमितको संख्या

रासस मे १८, २०२०

काठमाडौँ । नेपालमा कोभिड-१९ को संक्रमण सोमबार नौ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा रौतहटमा आठ र बारामा एक जनामा देखिएको बताए ।

उनका अनुसार नयाँ संक्रमितमा रौतहट इशनाथ नगरपालिका वडा नंं २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका-३ निवासी २८ वर्षीया महिला छन् । यस्तै बारा जिल्लाको करैयामाई-५ निवासी ३८ वर्षीय पुरुष छन् ।

यी नयाँ नौ जनासँगै संक्रमितको संख्या ३०४ पुगेको छ ।

आइतबार मात्र कोभिड-१९ संक्रमणबाट एक जनाको मृत्युसहित १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा अधिकारीका अनुसार नयाँ संक्रमितको अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू