मंगलबार, वैशाख १८, २०८१
08:51 | १३:३६

बङ्गलादेशमा एकै दिन १५ हजारभन्दा बढी संक्रमित   

रासस-सिन्ह्वा  जुलाइ ३०, २०२१

ढाका । बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ । बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ । यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो ।

त्यसैगरी, बिहीबार मात्र २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत छ ।

त्यसैगरी, यहाँको निको हुने दर ८५.६ प्रतिशत छ । यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउन व्यवस्था गरेको छ । कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो । तर, पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएपनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू