• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, २३ जुन, २०२६
22:17 | ०३:०२

भारतमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

२४ घण्टामा ४ हजार ४५४ को मृत्यु

रासस-सिन्ह्वा मे २४, २०२१

नयाँदिल्ली–भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन ।

भारतमा विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ ।
विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।
भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् ।
भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती

२ दिन अगाडि

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

जुन १४, २०२६

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको पहिलो वार्षिक अधिवेशन शुरु

जुन १३, २०२६

हाम्रो सिफारिस

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६
ताजा अपडेट्स
  • लन्डनमा आफ्नै कोठामा मृत भेटिए नेपाली विद्यार्थी
  • जीवन विज्ञान यूकेले मनायो अन्तरराष्ट्रिय योग दिवस
  • को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ? नेतृत्व दौडमा केही नेता
  • गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा
  • गायिका पवित्रले बेलायतको एकल साँझमा जुटाएको कोषले बनाइन् विद्यालय
ट्रेन्डिङ
  • १
    बेलायतमा जातीय घृणाको शिकार बने पूर्व गोर्खाहरु
  • २
    भूपू गोर्खामाथि आक्रमणपछि बेलायती र नेपाली समुदाय एकैठाउँ, सद्भावको अपील
  • ३
    बेलायतमा लागू भएको ‘भाडामा बस्ने व्यक्तिहरुको अधिकार ऐन’ बारे अन्तरक्रिया
  • ४
    लन्डन आइपुगे लोकप्रिय गायक प्रकाश दूतराज
  • ५
    खेलकुदमार्फत एकबद्ध हुँदै वेल्सका युवा, मैत्रीपूर्ण फुटबलमा कार्डिफ र कुम्ब्रानको बराबरी

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.