• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, १४ डिसेम्बर, २०२५
10:43 | १६:२८

भारतमा कोरोनाबाट तीन लाख बढीको मृत्यु

२४ घण्टामा ४ हजार ४५४ को मृत्यु

रासस-सिन्ह्वा मे २४, २०२१

नयाँदिल्ली–भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन ।

भारतमा विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ । कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ ।
विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन ।
भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा दुइ लाख २२ हजार ३१५ जना नयाँ संक्रमित देखिएका छन् भने कोरोना शुरु भएयता हालसम्म दुइ करोड ३७ लाख २८ हजार ११ जना संक्रमणमुक्त पनि भएका छन् ।
भारतमा अझै पनि २७ लाख २० हजार ७१६ जनामा सक्रिय संक्रमण छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म करिब १९ करोड १८ लाख ५९ हजार १६४ डोज खोप लगाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

सम्पूर्ण राजनीतिक बन्दीहरू तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह

३ दिन अगाडि

चीनद्वारा ‘याओगान–४७’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

डिसेम्बर ९, २०२५

अदालतमा रहेका एनआरएनए मुद्दाहरु फिर्ता लिन उपाध्यक्ष साहको सुझाव

डिसेम्बर ८, २०२५

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • यूकेका घरधनीलाई २०२६ देखि लागू हुने कानुनी परिवर्तनहरुबारे सजग रहन विज्ञहरुको सुझाव
  • विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्यो नेकपा (एमाले)
  • लुम्बिनी लायन्सले उचाल्यो एनपीएल सिजन २ को उपाधि
  • बेलायतमा कोभिड नियन्त्रण योजना: १०.९ अर्ब पाउन्ड हिनामिना
  • बेलायतको नयाँ आप्रवासन नीतिः सोलिसिटरको बुझाइमा सहज छैन भविष्य
ट्रेन्डिङ
  • १
    रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे
  • २
    भूतपूर्व गोर्खा माग सम्बोधन गर्न बेलायतसंग पुनः वार्ताको गृहकार्य
  • ३
    लन्डनका साहित्यकार ‘मण्डने’ को ‘हाउ टु बिकम द बेष्ट एम्बासडर’ विमोचन
  • ४
    बेलायतका चिकित्सकहरुको च्यारिटी रनमा ओलम्पियन गौरिका सिंह पनि दौड्ने
  • ५
    लन्डनमा योमरी बनाउने र खाने प्रतिष्पर्धासहित मनाइयो योमरी पुन्ही

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.