बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा गल्कोट समाज यूकेको पाँच लाख बढी सहयोग


फाइल तस्विर
लन्डन- नेपालमा बुधबार बिहान आएको बाढीपहिरोबाट प्रभावितहरूको सहयोगका लागि गल्कोट समाज यूकेले पाँच लाख रुपैयाँ बढीको सहयोग गरेको छ।
समाजको आपतकालीन कोषबाट ५ लाख १५ हजार ७ सय ५८ रुपैयाप्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको अध्यक्ष विष्णु चालिसेले जानकारी दिए । हाल नेपालमा रहेका समाजका पूर्वमहासचिव कृष्ण खरेलले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।
बाढीका कारण ठूलो धनजनको क्षति भएको खबर सार्वजनिक भएसँगै समाजकोे आकस्मिक बैठक बसेको थियो।
अध्यक्ष चालिसेको अध्यक्षतामा समाजका पूर्वअध्यक्षहरू, सचिवालयका सदस्यलगायतको सहभागिता रहेको बैठकले तत्कालका लागि आपतकालीन कोषबाट सहयोग गर्ने निर्णय गरेको थियो।
समाजको कोषबाट तत्काल रकम सहयोग गरिएको र अब बेलायतबासी गल्कोटेहरुबाट सहयोग संकलन गरिने समाजले जनाएको छ ।
अध्यक्ष चालिसेले बाढीप्रभावितहरूको सहायता तथा राहतका लागि बेलायतमा रहेका सम्पूर्ण गल्कोटे तथा नेपाली समुदायसमक्ष सहयोगको आह्वान गरेका छन्।
नेपालमा बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र उद्धार र स्वास्थ्यलाभको कामना गरेको छ।





सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


