भोटेकोशी बाढीका कारण १२ जलविद्युतगृहमा क्षति


काठमाडौँ, भदौ १० गते । भोटेकोशीमा गएको बाढीका कारण १२ जलविद्युतगृहमा क्षति पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोशीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रतक्ष्य क्षति पुगेको र बाँकी जलविद्युतगृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।
प्रवक्ता ढकालका अनुसार अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४।८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रतक्ष्य क्षति पुगेको छ ।
एघार जलविद्युतगृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताउनुभयो । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुर्याएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


