मंगलबार, २१ जुलाइ, २०२६
यूके पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिला पक्राउ

नेपाली लिङ्क
जुलाइ २०, २०२६

काठमाडौँ- वैदेशिक रोजगारीमा यूके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् ।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध यूके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


