बिहीबार, १६ जुलाइ, २०२६
15:29 | २०:१४

कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या

रासस जुलाइ १६, २०२६

प्रतिकात्मक तस्विर

कञ्चनपुर । जीवनभर दुःख सुखमा सँगै बाँच्ने र सँगै जिउने कसम खाएका श्रीमान् रणबहादुर सुनारले अपत्यारिलो ढंगले आफ्नै श्रीमतीको ज्यान लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतले ४५ वर्षीय श्रीमान् सुनारको कुटाइबाट बिहीबार ४२ वर्षीया श्रीमती पारु सुनारको मृत्यु भएको बताए ।

कुटपिटबाट घाइते भएकी पारु र कुटपिट गर्ने सुनार दुवै जनालाई उपचारका लागि बुधबार दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो । प्रहरीले कुटपिटमा संलग्न रणबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू