शुक्रबार, ५ जुन, २०२६
01:04 | ०५:४९

परराष्ट्रमन्त्री खनाल शुक्रबारदेखि भारत भ्रमणमा

नेपाली लिङ्क जुन ४, २०२६

काठमाडौँ, जेठ २१ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले उनका समकक्षी डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच 
रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग गर्ने विश्वास लिइएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू